EPS-TOPIK तयारी कक्षा छनोट गर्दा शिक्षकको योग्यता किन महत्त्वपूर्ण छ?
कोरियन भाषा सिक्ने उद्देश्य केवल सामान्य बोलचालको भाषा जान्नु मात्र होइन। विशेषगरी EPS-TOPIK परीक्षा उत्तीर्ण गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने लक्ष्य राखेका विद्यार्थीका लागि भाषा सिकाइसँगै सही पाठ्यक्रम, परीक्षा प्रणालीको ज्ञान, प्रश्नको प्रकृति बुझ्ने क्षमता र व्यवस्थित परीक्षा तयारी अत्यन्त महत्वपूर्ण हुन्छ।
आज नेपालका विभिन्न स्थानमा धेरै कोरियन भाषा इन्स्टिच्युटहरू सञ्चालनमा छन्। हेटौँडा तथा आसपासको क्षेत्रमा पनि कोरियन भाषा अध्ययन गर्ने विद्यार्थीको संख्या बढिरहेको छ। तर विद्यार्थीले भाषा सिक्नका लागि संस्था छनोट गर्दा “कहाँ पढ्ने?” भन्दा पनि “कसबाट पढ्ने?” भन्ने प्रश्नलाई प्राथमिकता दिनु आवश्यक हुन्छ।
कोरियामा काम गरेर फर्किएको व्यक्ति र भाषा शिक्षकबीच फरक हुन्छ
कुनै व्यक्ति दक्षिण कोरिया गएर काम गरेको छ, EPS मार्फत कोरिया गएको छ वा EPS-TOPIK उत्तीर्ण गरेको छ भन्दैमा ऊ स्वतः कोरियन भाषा शिक्षक हुन्छ भन्ने हुँदैन।
कोरियामा काम गरेर फर्किएको व्यक्तिले व्यवहारिक रूपमा कोरियन भाषा बोल्न र बुझ्न सक्ने हुन सक्छ। यो अनुभव महत्वपूर्ण पनि हुन सक्छ। तर भाषा जान्नु र भाषा पढाउन सक्नु दुई फरक कुरा हुन्।
भाषा अध्यापनका लागि भाषाको ज्ञानसँगै व्याकरण बुझाउने क्षमता, विद्यार्थीको स्तरअनुसार अध्यापन गर्ने सीप, पाठ योजना बनाउने क्षमता, उच्चारण सुधार गर्ने तरिका, परीक्षा केन्द्रित अभ्यास गराउने क्षमता तथा शिक्षणसम्बन्धी आवश्यक ज्ञान र तालिम पनि आवश्यक हुन्छ।
यसलाई सामान्य उदाहरणबाट बुझ्न सकिन्छ—यदि कुनै नेपाली व्यक्ति दुबई वा मलेसियामा केही वर्ष काम गरेर फर्कियो भने उसलाई त्यहाँको केही भाषा बोल्न आउन सक्छ। तर त्यसकै आधारमा उसलाई नेपालमा व्यावसायिक रूपमा अरूलाई त्यो भाषा पढाउने योग्य शिक्षक मान्न मिल्छ भन्ने हुँदैन।
त्यसैगरी, नेपालका सबै नागरिकलाई नेपाली भाषा आउँछ भन्दैमा सबैले विद्यालय तथा कलेजमा नेपाली भाषा अध्यापन गर्न सक्दैनन्। भाषा जान्नु र भाषा अध्यापन गर्नु फरक पेशागत क्षमता हो।
EPS-TOPIK तयारीका लागि शिक्षकको भूमिका
EPS-TOPIK तयारी गर्ने विद्यार्थीका लागि शिक्षकले केवल शब्दको अर्थ र व्याकरण पढाएर मात्र पुग्दैन। विद्यार्थीलाई परीक्षा प्रणालीअनुसार अभ्यास गराउनुपर्ने हुन्छ।
विशेषगरी:
EPS-TOPIK मा आउने प्रश्नको प्रकृति बुझाउने
शब्दावली र व्याकरण व्यवस्थित रूपमा सिकाउने
Listening तथा Reading अभ्यास गराउने
प्रश्न बुझ्ने र समय व्यवस्थापन गर्ने सीप विकास गराउने
नियमित Mock Test तथा अभ्यास परीक्षा सञ्चालन गर्ने
विद्यार्थीको कमजोरी पहिचान गरी सुधार गर्ने
कोरियन भाषाको उच्चारण तथा प्रयोगात्मक पक्ष सिकाउने
परीक्षा केन्द्रित रणनीति विकास गराउने
यी सबै पक्षमा दक्षता भएको शिक्षकबाट पढ्दा विद्यार्थीको तयारी अझ व्यवस्थित र प्रभावकारी हुन सक्छ।
शिक्षक छनोटमा सरकारी मापदण्ड पनि महत्त्वपूर्ण
नेपालमा विदेशी भाषा अध्यापनसँग सम्बन्धित संस्थाहरू तथा शिक्षकको योग्यता सम्बन्धमा सरकारी मापदण्ड र निर्देशिकाहरू रहेका छन्। कोरियन भाषा अध्यापन गर्ने शिक्षकको योग्यता तथा सम्बन्धित भाषागत दक्षताको विषयमा पनि तोकिएका मापदण्डलाई ध्यान दिनुपर्ने हुन्छ।
यस सन्दर्भमा विद्यार्थी तथा अभिभावकले कुनै पनि भाषा इन्स्टिच्युटमा भर्ना हुनुअघि सम्बन्धित शिक्षकको शैक्षिक योग्यता, भाषागत दक्षता, अध्यापन तालिम तथा संस्थाको वैधानिक अवस्था बारे जानकारी लिनु उपयुक्त हुन्छ।
विशेषगरी TOPIK जस्ता औपचारिक भाषा परीक्षाको स्तर र शिक्षकको वास्तविक भाषागत दक्षतालाई पनि विचार गर्नुपर्छ। केवल “EPS पास गरेको”, “कोरियामा काम गरेको” वा “केही वर्ष कोरिया बसेको” भन्ने परिचय मात्र शिक्षकको पेशागत योग्यता निर्धारण गर्ने पर्याप्त आधार होइन।
“EPS पास” हुनु र “शिक्षक हुनु” एउटै कुरा होइन
EPS-TOPIK पास गर्नु आफैँमा उपलब्धि हो। तर EPS-TOPIK उत्तीर्ण गरेको प्रमाणपत्र हुनु र कोरियन भाषा अध्यापनका लागि आवश्यक शिक्षण क्षमता तथा पेशागत योग्यता हुनु एउटै कुरा होइन।
त्यसैले विद्यार्थीले इन्स्टिच्युट छनोट गर्दा:
EPS पास = राम्रो शिक्षक
भन्ने सामान्य धारणाभन्दा बाहिर गएर शिक्षकको शैक्षिक योग्यता + भाषागत दक्षता + अध्यापन तालिम + शिक्षण अनुभव + परीक्षा प्रणालीको ज्ञान लाई संयुक्त रूपमा मूल्याङ्कन गर्नुपर्छ।
Toddle Multipurpose Company मा व्यवस्थित कोरियन भाषा तथा EPS-TOPIK तयारी
Toddle Multipurpose Company मा कोरियन भाषा अध्ययन गर्ने विद्यार्थीका लागि भाषा सिकाइलाई केवल सामान्य कोरियन भाषा कक्षाको रूपमा नभई आवश्यकता र लक्ष्यअनुसार व्यवस्थित रूपमा अगाडि बढाउने प्रयास गरिन्छ।
संस्थामा कोरियाको शिक्षा मन्त्रालयअन्तर्गत सम्बन्धित तालिम प्राप्त शिक्षकबाट कोरियन भाषा तथा EPS-TOPIK तयारीसम्बन्धी कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीले भाषागत ज्ञानसँगै व्यवस्थित परीक्षा तयारीको अवसर प्राप्त गर्न सक्छन्।
यहाँ विद्यार्थीको उद्देश्यअनुसार:
EPS-TOPIK तयारी कक्षा
कोरियन भाषा कक्षा
TOPIK तयारी
कोरियन भाषा तथा संस्कृतिसम्बन्धी जानकारी
Study in Korea सम्बन्धी परामर्श
कोरिया अध्ययनका लागि आवश्यक शैक्षिक तथा परामर्श सेवा
विदेश अध्ययनसम्बन्धी आवश्यक मार्गदर्शन
जस्ता सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विद्यार्थीले संस्था छनोट गर्दा यी प्रश्न अवश्य सोध्नुहोस्
कोरियन भाषा पढ्नुअघि विद्यार्थीले इन्स्टिच्युटमा केही आधारभूत प्रश्न सोध्नु उपयुक्त हुन्छ:
१. कक्षा सञ्चालन गर्ने शिक्षकको शैक्षिक योग्यता के हो?
२. शिक्षकको कोरियन भाषाको प्रमाणित स्तर कति हो?
३. शिक्षकले भाषा अध्यापनसम्बन्धी तालिम प्राप्त गरेका छन् कि छैनन्?
४. EPS-TOPIK को परीक्षा प्रणालीबारे शिक्षकको अनुभव कस्तो छ?
५. नियमित Mock Test र परीक्षा अभ्यास गराइन्छ कि गराइँदैन?
६. संस्था तथा शिक्षक सम्बन्धित सरकारी मापदण्डअनुसार छन् कि छैनन्?
यी प्रश्नको उत्तर पाएपछि मात्र विद्यार्थीले आफ्नो लागि उपयुक्त संस्था छनोट गर्नु राम्रो हुन्छ।
दक्ष शिक्षकबाट सिकेको भाषा र केवल भाषा बोल्न जान्ने व्यक्तिबाट सिकेको भाषाबीच फरक हुन सक्छ। विशेषगरी EPS-TOPIK जस्तो प्रतिस्पर्धात्मक परीक्षामा तयारी गर्दा सही शिक्षक, सही विधि र सही अभ्यास अत्यन्त महत्वपूर्ण हुन्छ।
त्यसैले विद्यार्थीले केवल कम शुल्क, धेरै विद्यार्थी, सामाजिक सञ्जालको प्रचार वा “कोरिया गएर आएको शिक्षक” भन्ने परिचयका आधारमा मात्र संस्था छनोट नगरी शिक्षकको योग्यता, अध्यापन तालिम, भाषागत दक्षता, परीक्षा तयारीको अनुभव र संस्थाको वैधानिकता समेत हेर्नुपर्छ।
हेटौँडा तथा आसपासका विद्यार्थीहरूका लागि कोरियन भाषा, EPS-TOPIK तयारी तथा दक्षिण कोरियासम्बन्धी अध्ययन र परामर्श सेवाका लागि Toddle Multipurpose Company मा सम्पर्क गर्न सक्नुहुनेछ।
सही शिक्षकबाट सही तरिकाले सिकौँ — EPS-TOPIK को तयारीलाई अझ व्यवस्थित र लक्ष्यकेन्द्रित बनाऔँ।
Labels: EPS TOPIK Nepal, Hetauda Best Consultancy, Hetauda no 1 Consultancy


.jpg)